धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले सरकार निरकुंश बन्दै जाँदा सञ्चारका माध्यमहरू बन्द गर्दै गएको टिप्पणी गरेका छन्।
सोमबार मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। सो निर्णयपछि अहिले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न तर्क प्रस्तुत भइरहेका छन्।
सत्तारुढ दलकै शीर्ष नेतादेखि अधिकांश सर्वसाधरणले सरकारको यो निर्णयप्रति आपत्ति जनाएका छन् भने कतिले निकै राम्रो काम भएको भन्दै प्रशंसा पनि गरेका छन्।
सो विषयमा आफ्नो धारणा व्यक्त गर्दै धरानका मेयर साम्पाङले केही समयपछि सामाजिक सञ्जाल फेसबुक पनि बन्द हुने बताएका छन्। फेसबुक बन्द भएपछि जनताले आफ्नो असन्तुष्टी नेतालाई पक्रेर, कुटेर, काटेर व्यक्त गर्ने उनको भनाइ छ।
‘सरकार निरंकुश बन्दै जाँदा संचारका माध्यमहधलाई बन्द गर्दै जान्छ! केही समयपश्चात फेसबुक बन्द हुनेछ, त्यसपछि जनताले आफ्नो असन्तुष्टी नेतालाई पक्रेर, कुटेर, काटेर व्यक्त गर्नेछन्! त्यो दिन कोही सुरक्षित रहने छैनन्!’
सम्बन्धित सामग्री:
- नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय
- नेपालमा टिकटक आजैबाट बन्द हुने हो?
- टिकटक बन्द गर्ने निर्णयको विरोध सुरु, के भन्छन् कानुनविद्?
- टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति गगन थापाको आपत्ति, कदम सच्याउन माग
- कटक बन्द गर्ने निर्णयमा विश्वप्रकाशको प्रश्न– पिलो आयो भने गर्धनै काट्ने?
- रवि लामिछानेको प्रश्न– टिकटक बन्द गर्ने नेताहरू भ्रष्ट होलान्, पार्टी नै बन्द गरिदिने?
- टिकटक बन्द गर्ने निर्णयमा राप्रपाको विरोध, प्रवक्ता भन्छन्– अधिनायकवादको नयाँ अध्याय
- टिकटक बन्द गराउने निर्णय उचित भएन, ध्यान देऊ : एमाले महासचिव पोखरेल
- स्वतन्त्रताको ध्वाँस दिनेबाट टिकटकमाथि प्रतिबन्ध लगाउनु अनुचित, फिर्ता हुनुपर्छ : राजेन्द्र लिङ्देन
- विश्वका २७ देशमा टिकटक प्रतिबन्ध, कहाँ किन गरियो?
Shares
प्रतिक्रिया