ad ad

राजनीति


बास्कोटाको कटाक्ष– टिकटक बन्द गर्दा गगन–विश्व र प्रचण्डलाई लोकतन्त्र खतरामा परेको नलागे आपत्ति भएन!

बास्कोटाको कटाक्ष– टिकटक बन्द गर्दा गगन–विश्व र प्रचण्डलाई लोकतन्त्र खतरामा परेको नलागे आपत्ति भएन!

नेपालखबर
कात्तिक २७, २०८० सोमबार १८:५३, काठमाडौँ

नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले सरकारले सोमबार गरेको सामाजिक सञ्जाल टिकटक बन्द गराउने निर्णयप्रति सत्ता साझेदार दलका नेतासहित प्रधानमन्त्रीसमक्ष कटाक्ष व्यक्त गरेका छन्। 

सामाजिक सञ्जालमार्फत् सो निर्णयबारे टिप्पणी गर्दै बाँस्कोटाले स्वस्थ व्यक्तिगत मनोरन्जन, सृजनात्मक काम गर्न पाउने र कन्टेन्ट फिल्टर गर्ने कानुन बनाउनुपर्ने धारणा राखेका छन्। 

‘सरकारले टिकटक बन्द गर्ने निर्णय लिएछ।स्वस्थ ब्यक्तिगत मनोरन्जन, श्रृजनात्मक काम गर्न पाउने र कन्टेन्ट फिल्टर गर्ने कानुन बनाएर सो प्लेटफर्मले नेपालको आर्थिक कानुन मान्ने बनाएको भए हुन्थ्यो,’ उनले भनेका छन्। 

साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कटाक्ष गर्दै भनेका छन्, ‘तर बन्दै गरिँदिँदा गगन–विश्व र प्रचण्डलाई लोकतन्त्र खतरामा पारेको नलागेमा मेरो आपत्ति रहेन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .