नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०६४ को निर्वाचनमा माओवादी पार्टीले आफूलाई घेरेर मार्ने षड्यन्त्र बनाएको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै माओवादी कार्यकर्ताले अझैं आतंक नछाडेको बताए।
‘देशका नेताहरूमाथि हल्काफुल्का ढंगले आक्रमण हुँदै गयो। माओवादी आतंककारी छन्। हुन त उसले छाडेको भनेको थियो,’ ओलीले अघि भने, ‘मलाई ०६४ को निर्वाचनमा घेरेर मार्ने षड्यन्त्र ग¥यो। असिना बर्साएजसरी ढुंगा बर्सायो। लोराजत्रा ढुंगा। नमार्न खोजेको भए के त्यो सम्मान गरेको? फूलवर्षा गरेको?’
केही समयअघि कोशी प्रदेशमा भएको पहिचानवादीको आन्दोलनमा पनि आफूमाथि मार्ने उद्देश्यले ढुंगा बर्साइएको उनले बताए।
‘अस्ति पहिचानवादीका नाममा ममाथि ढुंगा बर्साइयो। माओवादी लगायतका मान्छेलाई एकछिन थुन्दा ती राजनीतिक मान्छे हुन तीनले ढुंगा हान्न पाइन्छ भनेर सीडीओ कार्यालयमा पुगे। कस्तो रहेछ त राज्यको नीति, नियत?,’ उनले भने।
Shares
प्रतिक्रिया