ललितपुरका प्रमुख जिल्ला अधिकारीले पुल्चोक क्षेत्रमा ६ महिनासम्मका लागि निषेधा जारी गरेका छन्।
प्रजिअ रुद्रप्रसाद पण्डितले पुल्चोकमा ६ महिनासम्म नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गर्ने आदेश जारी गरेका हुन्।
पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालय र मन्त्रीनिवासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी निषेधाज्ञा जारी गरेको प्रजिअ पण्डितले उल्लेख गरेका छन्।
पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा युएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम २०८० मंसिर ५ देखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेशमा उल्लेख छ।
प्रसाईँको तयारीः ३ दिनसम्म प्रदर्शन, हस्तक्षेप भए प्रतिकार गर्न ५ हजारको दस्ता
यसअघि सोमबार मात्र काठमाडौँका प्रमुख जिल्ला अधिकारीले पुतलीसडक, माइतीघर र बानेश्वरबीचको क्षेत्रमा लागू हुने गरी एक महिनाका लागि निषेधाज्ञा जारी गरेका थिए।
Shares
प्रतिक्रिया