ad ad

राजनीति


काठमाडौँमा सुत्न लागेका महिलालाई मध्यराति लखेट्ने को हुन्?

काठमाडौँमा सुत्न लागेका महिलालाई मध्यराति लखेट्ने को हुन्?

नेपालखबर
मंसिर ६, २०८० बुधबार १२:११, काठमाडौँ

एक पार्टी प्यालेसमा ओछ्यान लगाएर बास बसेका महिलाहरूलाई पुरुषहरूको एउटा समूहले लखेटेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  

भिडिओमा सुनिएको आवाजले ती महिलारू भोलि मंसिर ७ गते दुर्गा प्रसाईंको अगुवाइमा हुने भनिएको प्रदर्शनमा सहभागी हुन आएको बुझिन्छ।

महिलाहरूलाई उठाउने पुरुषहरुले दुर्गा प्रसाईंको नाम लिन्छन् भने ती महिलालाई बस चढाएर इटहरी नै फर्काइदिने भन्छन्। 

सार्वजनिक भिडिओमा पुरुषले ‘तपाईंहरू ७ गतेको कार्यक्रमलाई आएको हो ?’ भनी सोधेको सुनिन्छ भने महिलाले ‘लुगा लगाउन त दिनूस्’ भनिरहेका छन्। 

भिडिओ

भिडिओ सेयर गर्नेहरूले भने त्यस्तो ज्यादती गर्नेहरू युवा संघका मानिस भएको आरोप लगाइरहेका छन्। 

तर नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले भने त्यो हर्कत युवा संघका कार्यकर्ताले गर्न नसक्ने दाबी गरेका छन्। बरु ती महिलालाई युवा संघले नै बासको व्यवस्था गरेको उनको दाबी छ। 

भोलि मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहको अगुवाइमा काठमाडौँको बल्खुमा प्रदर्शन गर्दै छ भने त्यसैको प्रतिवादस्वरूप एमाले नेता महेश बस्नेतको अगुवाइमा युवा संघसहित एमालेका भ्रातृ संगठनले तीनकुनेमा प्रदर्शन गर्दै छन्।  

यसैबीच, प्रसाईं पक्षले भने भक्तपुरको लोकन्थलीस्थित इन्द्रशान ब्यांक्वेटमा सुतिरहेका महिलामाथि अपरिचित युवकहरूको समूहले दुर्व्यवहार गरेको आरोप लगाएको छ।

 प्रदर्शनकारीको व्यवस्थापनका लागि भक्तपुर क्षेत्र हेर्ने गरी जिम्मेवारी तोकिएका कुमार नगरकोटीले बताएअनुसार, उक्त ब्यांक्वेटमा ३४ जना महिला थिए। राति ८ बजेतिर पुरूषहरूको एउटा समूह प्रवेश गरी सुत्न नदिएपछि दुर्गा प्रसाईँको भक्तपुरकै घरमा लगेर व्यवस्थापन गरिएको उनले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .