ad ad

राजनीति


राति सुतेको ठाउँबाट महिला लखेट्ने युवा संघ भएको दुर्गा प्रसाईंको आरोप

राति सुतेको ठाउँबाट महिला लखेट्ने युवा संघ भएको दुर्गा प्रसाईंको आरोप

फाइल तस्बिर : एमाले नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईं


नेपालखबर
मंसिर ६, २०८० बुधबार १४:१५, काठमाडौँ

मेडिकल व्यवसायीसमेत रहेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का अध्यक्ष दुर्गा प्रसाईंले राति सुतेको ठाउँबाट महिलाहरूलाई लखेट्नेहरू युवा संघका मानिस भएको आरोप लगाएका छन्। 

भक्तपुरको मध्यपुरथिमी नगरपालिकास्थित इन्द्रसान बैंक्वेटमा राति बास बसेका महिलाहरूलाई पुरुषहरूको एउटा समूहले त्यहाँबाट हटाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

सो घटनामा संलग्न व्यक्तिहरू एमालेको भ्रातृ संगठन युवा संघकै मानिस भएको आरोप प्रसाईंले लगाएका हुन्। यसमा सरकारको समेत मिलेमतो भएको प्रसाईंको जिकिर छ।  

प्रसाईंले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘...संविधानप्रदत्त अभिव्यक्ति  स्वतन्त्रताको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण तवरले भेला हुन आएका दूरदराजका सर्वसाधारण नागरिकहरूलाई राति बस्ने ठाउँमा प्रहरी प्रशासन लगाएर प्रवेश गर्न नदिने, केही आतंक फैलाउने र हत्या–हिंसा चाहने तत्त्वहरूलाई प्रयोग गरेर राति सुतीरहेको स्थानमा बिस्तारामै पुगेर वृद्ध, महिलाहरूलाई कपडासमेत लगाउन नदिई अमानवीय शब्दहरू प्रयोग गरी धम्क्याउँदै आक्रमण गरेर रातको समयमा निकाल्नेजस्ता निकृष्ट कार्यहरू भइरहेको त यहाँहरू सबैलाई सर्वविदितै छ र आफ्ना पीडा र वेदनाहरू सुनाउने तथा सरकारसँग आफ्ना मागहरु राख्न भनेर काठमाडौँ आउँदै  गरेका सर्वसाधारण नागरिकहरूलाई राजमार्गका बीच बाटोमै रोक्ने, धम्क्याउने, तर्साउनेजस्ता कार्यहरूसमेत भइरहेका छन्। अहिलेसम्म सरकारले हामी नागरिकहरूको आवाजलाई बन्द गराउनका लागि गरेका अमानवीय कुकृत्यहरू र एमाले र उसको भ्रातृ संगठनले गरेका हिंसात्मक गतिविधि र देखाएका व्यवहारप्रति समेत सरकार मौन भएर बस्नुले सरकार र एमाले पार्टीको मिलेमतोमा भोलिको जनविद्रोहलाई दबाउन जस्तोसुकै पनि अमानवीय कार्य गर्न सकने देखिएको हुँदा हाल भइरहेका आक्रमण र अमानवीय कार्यका साथै भोलिदेखि हुने हरेक घटनाहरूको प्रत्यक्ष अनुगमन र निगरानी गरी विश्व जगतलाई सत्यतथ्य जानकारी गराइदिनुहुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार आयोग, नेपालस्थित वैदेशिक कूटनीतिक नियोग, मानव अधिकारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, स्वतन्त्र पत्रकारहरू र नागरिक समाजमा हार्दिक अपिल गर्दछौँ।’

हेर्नुहोस् विज्ञप्ति-

तर एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका युवा संघका इन्चार्ज महेश बस्नेतले भने त्यो हर्कत आफ्ना युवाले नगरेको दाबी गरेका छन्। बरु ती महिलालाई युवा संघले नै बासको व्यवस्था गरेको उनको दाबी छ। 

हेर्नुहोस् महेश बस्नेतको भनाइ

भोलि मंसिर ७ गते प्रसाईं समूहले काठमाडौँको बल्खु र युवा संघलगायत एमालेका भ्रातृ संगठनले तीनकुनेमा प्रदर्शन गर्दै छन्। दुवै पक्षले एकअर्काविरुद्ध आरोप प्रत्यारोप लगाइरहेका बेला आयोजना गर्न लागिएका उक्त प्रदर्शनलाई ध्यानमा राखेर उपत्यकाका जिल्ला प्रशानस कार्यालयहरूले ठाउँठाउँमा निषेधाज्ञासमेत जारी गरेका छन्। 

सम्बन्धित समाचार-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .