ad ad

राजनीति


गरीबी निवारणमा सबै मिलेर काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

गरीबी निवारणमा सबै मिलेर काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

नेपालखबर
मंसिर ६, २०८० बुधबार १७:५६, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरीबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीआरआईबाट दक्षिण एशियाली मुलुकहरूलाई आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्ने बताए। 

निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए। उनले बीआरआईलाई थप गति दिन आवश्यक रहेको पनि बताए।

‘बीआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई उनीहरुको आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्दछ। गरिबी निवारणमा हामीले मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्छ। चीनको गरिबी निवारणमा चीनको दूरदर्शी राजनीतिक नेतृत्व र नागरिक सशक्तिकरण, सर्वपक्षीय सहभागिता र आपसी समझदारी जस्ता कारणहरु रहेका छन्। भ्रष्टाचार विश्वका कुनै देशका लागि पनि विकासका बाधक र समस्या हुन्। नेपाल लगायत दक्षिण एशियाली मुलुकहरुले चीनका यी अनुभवबाट शिक्षा लिएर असल अभ्यासलाई आत्मसाथ गरेर अघि बढ्न सकेको खण्डमा गरिबी निवारणमा महत्वपूर्ण सफलता प्राप्त हुनसक्छ। बीआरआईलाई थप गति दिन आवश्यक छ,’ उनले भने।

अध्यक्ष तिमिल्सिनाले बिआरआईको कार्यान्वयनमा कमी कमजोरी देखिए सच्याउँदै अघि बढ्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .