आज काठमाडौँका अलग–अलग स्थानमा एमालेको भ्राृत संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले शक्ति प्रदर्शन गर्दै छन्।
युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा कार्यक्रम स्थल तोकेका छन्।
एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका यी दुई समूहका समर्थकबीच झडप हुने सक्ने सम्भावनालाई विचार गरेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।
यसैकारण यतिबेला धेरैलाई जिज्ञासा भइरहेको छ– उनीहरूले आज कहाँ कहाँबाट कति मान्छे काठमाडौँमा उतार्लान्?
यसैबीच युवा संघका अध्यक्ष थेवेले आफूहरूको कार्यक्रममा ३० हजारसम्म युवा/विद्यार्थी सहभागी हुने दाबी गरेका छन्।
आजको कार्यक्रममा काठमाडौँ उपत्यकामा उपलब्ध युवा तथा विद्यार्थी मात्र सहभागी हुने, बाहिरी जिल्लाबाट मानिस नबोलाइएको उनको भनाइ छ।
प्रसाईं समूहको कार्यक्रममा भने बाहिरी जिल्लाबाट मानिस झिकाइएको छ।
सुरक्षा परिषद्को विश्लेषण : दुर्गा प्रसाईंको प्रदर्शनमा २० हजार आसपास भेला हुने, ३ दिन नटिक्ने
कार्यक्रमअघि बिहीबार बिहान पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै संघका अध्यक्ष थेवेले भने, ‘उपत्यकामा रहेका युवा विद्यार्थीलाई आह्वान गरेका छौँ। हामीले उपत्यकाबाहिरबाट कसैलाई पनि झिकाएका छैनौँ। उपत्यकामा रहेका युवा विद्यार्थी स्वस्फूर्त रूपमा सहभागी हुन्छन्। अनेरास्ववियु र युवा संघबाट गरेर सामान्य ढंगले पनि २५/३० हजार सहभागी आउनुहुन्छ।’
थेवेका थप भनाइ :
- आज हाम्रो विरोध कार्यक्रममा घुसपैठ हुने सम्भावना छ : युवा संघका अध्यक्ष थेवे
- हाम्रो प्रदर्शन सरकारलाई ‘ठीक ठाउँमा ल्याउन’ : युवा संघ
सम्बन्धित अन्य समाचार :
- ‘मंसिर ७ गते काठमाडौँ उपत्यकाका सडकमा सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्नू’
- ३ दिने अभियानमा २ लाख मान्छे भेला गर्न २० करोड खर्च गर्ने तयारीमा दुर्गा प्रसाईं
- मंसिर ७ : प्रसाईंको अगुवाइमा चक्रपथका ८ स्थानबाट हुँदैछ प्रदर्शन (तालिकासहित)
- महिलाहरूलाई राति बैंक्वेटबाट लखेट्ने युवा संघकै टोली, प्रहरीले थाल्यो अनुसन्धान
Shares
प्रतिक्रिया