सरकारले सुन तस्करी जाँचबुझ आयोगमा चार जना जनशक्ति थप्ने निर्णय गरेको छ।
आज बिहान बसेको मन्त्रिरिपरिषद् बैठकले राजपत्र अनंकित द्वितीय श्रेणी, सरकारी वकिल, राजपत्र अनंकित द्वितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायब उपरीक्षक र राजपत्र अनंकित तिृतीय डाटा एनाइलाइटिस्ट थप गर्ने निर्णय गरेको हो।
सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले गत असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको छ। जसमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा सदस्य छन्।
66
Shares
प्रतिक्रिया