आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको छ।
सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्यान्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४.४६५ मिलियन अर्थात् नेपाली रुपैयाँ झन्डै ६५ करोड अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ।
यस्तै आजको मन्त्रिपरिषद् बैठकले सुनको तस्करीसम्बन्धी जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेको छ।
थप विवरण : सुन तस्करी जाँचबुझ आयोगमा चार जनशक्ति थप्ने निर्णय
यस्तै नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाई आफ्नो पदबाट दिएको राजीनामा गत कात्तिक २४ गतेबाट लागू हुनेगरी तथा ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए।
Shares
प्रतिक्रिया