ad ad

राजनीति


हाम्रो आन्दोलन व्यक्तिविरुद्ध होइन, प्रसाईंजस्ताले कार्यक्रम जुधाए : महेश बस्नेत

हाम्रो आन्दोलन व्यक्तिविरुद्ध होइन, प्रसाईंजस्ताले कार्यक्रम जुधाए : महेश बस्नेत

नेपालखबर
मंसिर ७, २०८० बिहिबार १४:२५, काठमाडौँ

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आज (बिहीबार) काठमाडौंमा पार्टी निकट भ्रातृ संगठन युवा संघले आयोजना गरेको प्रदर्शन कुनै व्यक्तिका विरुद्ध नभएको बताएका छन्। 

तीनकुनेमा आयोजित सभालाई सम्बोधन गर्दै युवा संघका ईन्चार्ज समेत रहेका बस्नेतले आफूहरूको कार्यक्रमका बारेमा गलत प्रचार गरिएको गुनासो गरे। 

‘यो आन्दोलन कुनै व्यक्तिको विरुद्ध होइन्। मुलुकमा अराजकता प्रकट गर्ने अपराधी शक्तिहरू, सोसल मिडियामा अराजकता प्रकट गर्ने तत्वहरू र कतिपय भेलु बाजेको अवतारमा प्रकट भएका कथित वुद्धिजीवीहरू, यीनीहरूको साथ लिएर सकिएको राजतन्त्रलाई फेरि जोगाउन सकिन्छ भनेर धामी, झांक्री र बोक्सीहरू उचालेर दुर्गा प्रसाईं जस्ता बहुलठ्ठीहरूले, खुस्केटहरूले शुभारम्भ गरेको कार्यक्रमसँग हाम्रो कार्यक्रम जुधाउन खोजिएको छ, त्यो विल्कुल होइन,’ उनले भने। 

साथै, उनले महंगी, भ्रष्टाचार र अनियमितताको विरोध स्वरुप आफूहरूले प्रदर्शन गरेको बताए। 

‘उनले  हामी महंगी, भ्रष्टाचार र अनियमितता, जनताका मुद्दाहरू एमालेको मुद्दा हुनुपर्छ भनेर लागेका हौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .