ad ad

राजनीति


ओली गणतन्त्रवादी होइनन् भन्ने प्रचण्ड र देउवालाई महेश बस्नेतको यस्तो प्रस्टीकरण

ओली गणतन्त्रवादी होइनन् भन्ने प्रचण्ड र देउवालाई महेश बस्नेतको यस्तो प्रस्टीकरण

फाइल फाेटाे : महेश बस्नेत


नेपालखबर
मंसिर ७, २०८० बिहिबार १५:५२, काठमाडौँ

नेकपा एमालेका नेता महेश बस्नेतले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई ‘गणतन्त्रवादी होइनन्’ भन्नेहरूलाई आज (बिहीबार) काठमाडौँमा राष्ट्रिय युवा संघले गरेको प्रदर्शनले जवाफ दिएको दाबी गरेका छन्। 

एमालेको भ्रातृ संगठन युवा संघका इन्चार्जसमेत रहेका उनले हिजो ‘बयलगाडा चढेर अमेरिका’ भन्ने अध्यक्ष ओलीको अभिव्यक्तिलाई उल्टो व्याख्या गर्ने प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई आजको कार्यक्रमले प्रस्ट पारेको जिकिर गरे। 

संघको आयोजनामा काठमाडौँको तीनकुनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता बस्नेतले आज गणतन्त्रमा प्रश्न उठाइँँदा सबैभन्दा पहिले एमाले बोलेको दाबी गरे।   

‘आज संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठेको छ। हिजो केपी ओली गणतन्त्रवादी होइनन् भनेर रोइलो गर्ने प्रचण्ड र शेरबहादुर देउवालाई म प्रस्ट गर्न चाहन्छु– ६२/६३ को आन्दोलनमा ‘थोरै मान्छे डाकेर तपाईंहरूले आन्दोलन गर्दा बयलगाडा चढेर अमेरिका गएजस्तो हुन्छ, गणतन्त्र ल्याउन आन्दोलनको आँधीबेहरी सिजर्ना गर्नुस्’ भन्दा उहाँको भनाइलाई उल्टो ढंगले व्याख्या गरियो’, बस्नेतले भने, ‘आज गणतन्त्रमाथि प्रश्न उठ्दा सबैभन्दा पहिला एमाले बोलेको छ। युवा संघ बोलेको छ। अखिल बोलेको छ। र, हामी बोलेका छौँ।’ 

आजै काठमाडौँको बल्खुमा, राजतन्त्रवादी बनेका दुर्गा प्रसाईंको समूहले विरोध प्रदर्शन गरेको थियो भने यस क्रममा युवा संघसँग झडप पनि भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .