नेकपा एमालेका नेता महेश बस्नेतले निर्मल निवासबाट पनि लखेटिन मन भए मात्र दुर्गा प्रसाईं र राजेन्द्र लिङ्देनका पछि लाग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्।
मेडिकल व्यवसायी प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का अध्यक्ष हुन् भने लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष। दुवैले राजा फर्काउने दाबी गरिरहेका छन्।
आज पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौँमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै संघका इन्चार्जसमेत रहेका बस्नेतले पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रोश पोखेका हुन्।
‘अराजवादी तत्त्वहरू ज्ञानेन्द्र (शाह) लाई राजा बनाउने भन्दै छन्’, बस्नेतले भने, ‘जुँगा मुठारेर बसेका ज्ञानेन्द्र! तिमीलाई निर्मल निवासमा बस्न मन छ कि छैन? निर्मल निवासमा बस्न मन छैन भने दुर्गा प्रसाईंको पछाडि लाग। एमालेले आशीर्वाद दिएको राजेन्द्र लिङ्देनको पछि लाग। एमाले र लोकतान्त्रिक शक्ति तिम्रो विपक्षमा लागे भने तिमीलाई संरक्षण गर्ने विदेशी दलालको मुलुकमा पठाउन नपरोस्।’
Shares
प्रतिक्रिया