ad ad

राजनीति


दुर्गा प्रसाईंलाई तीनकुनेमा प्रदर्शन गर्न नदिइएकोप्रति राजेन्द्र लिङ्देनको आपत्ति

दुर्गा प्रसाईंलाई तीनकुनेमा प्रदर्शन गर्न नदिइएकोप्रति राजेन्द्र लिङ्देनको आपत्ति

फाइल तस्बिर


नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १३:५३, काठमाडौँ

काठमाडौँमा प्रहरीले निषेधित क्षेत्र तीनकुनेमा प्रदर्शन गर्न गइरहेका दुर्गा प्रसाईंका समर्थकलाई धमाधम पक्राउ गरिरहेकाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विरोध जनाएका छन्। 

दुर्गा प्रसाईंको समूहले सामाजिक सद्भाव बिथोलिने तथा हिंसा भड्किने गतिविधि गरिरहेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न रोक लगाएको छ। तर प्रसाईं समर्थक एकपछि अर्काे गर्दै तीनकुने पुगेपछि प्रहरीले पक्राउ गरिरहेको छ। 

यसअघि दुर्गा प्रसाईंले पनि आफूलाई घरमै ‘नजरबन्द’मा पारिएको दाबी गर्दै पत्रकार सम्मेलन गरेका थिए। तर गृहमन्त्रीको सचिवालयले ‘जनधन क्षति हुनबाट रोक्न सुरक्षा संयन्त्र परिचालन गरिएको’ र निषेधित क्षेत्रबाहेक कहीँ कसैलाई पनि नरोकिएको जनाएको छ। 

राप्रपा अध्यक्ष लिङ्देनले भने शान्तिपूर्ण ढंगले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हकविपरीत सरकारले ‘धरपकड र नजरबन्द’ गरिएको आरोप लगाएका छन्। 

अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन। सरकारले आफूलाई तत्काल सच्याओस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .