ad ad

राजनीति


हमासले रिहा गर्ने भनिएका ५० जनामा विपिन जोशी पनि पार्न कतार सरकारसँग आग्रह

हमासले रिहा गर्ने भनिएका ५० जनामा विपिन जोशी पनि पार्न कतार सरकारसँग आग्रह

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १५:०, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। 

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्। 

प्यालेस्टिनी विद्रोही समूह हमासले रिहा गर्न लागेको भनिएका ५० जनाको समूहमा जोशीलाई पनि पार्न विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए। 

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिए। 

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा पनि गरे। 

इजरायल र हमासबीच बन्धक छाड्ने सर्तमा चार दिन युद्धविुराम गर्ने सम्झौता भएको भनिए पनि अहिलेसम्म त्यो कार्यान्वयन भएको भने छैन। उक्त सम्झाैताअन्तर्गत हमासले आफ्नो नियन्त्रणमा रहेका बन्धकमध्ये पहिलो चरणमा ५० जना रिहा गर्ने चर्चा छ। 

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए। 

भेटका क्रममा उनीहरूबीच रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .