ad ad

राजनीति


अहिले उठेको प्रश्न व्यवस्थामाथि होइन, प्रक्रिया र शैलीमा हो : उपप्रधानमन्त्री खड्का

अहिले उठेको प्रश्न व्यवस्थामाथि होइन, प्रक्रिया र शैलीमा हो : उपप्रधानमन्त्री खड्का

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १५:५२, काठमाडौँ

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रश्न व्यवस्थामाथि नभएर नेतृत्वले काम गर्ने प्रक्रिया र शैलीमाथि रहेको दाबी गरे। 

समयले माग गरेअनुसारको काम गर्न नसक्दा प्रश्न उठेको उनको भनाइ थियो। 

संघ, प्रदेश र स्थानीय सरकार सञ्चलनका क्रममा सुशासन र जनताको चाहनाअनुसारको अपेक्षालाई केन्दबिन्दुमा राखेर तिब्र गतिमा गर्नुपर्ने सुधारहरू ध्यान केन्दित गर्न जरुरी रहेको उनले बताए।

‘प्रश्न हाम्रो व्यवस्थामा उठेको होइन, प्रश्न हाम्रो काम गर्ने प्रक्रियामा, शैलीमा, सुशासनको सन्दर्भमा हामीले गर्नुपर्ने समयले माग गरेअनुसारको राज्य सञ्चालनमा सबै तहका प्रदेश, संघ, स्थानीय सरकार सञ्चलनका क्रममा सुशासनको, जनताको चाहनाअनुसारको अपेक्षालाई हामीले केन्दबिन्दुमा राखेर तिब्र गतिमा गर्नुपर्ने सुधारहरूमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ। अहिले भएका गतिविधिले हामीलाई त्यसतर्फ बढी केन्द्रीत गराउन प्रेरित गरेको छ,’ उनले भने।

उपप्रधानमन्त्री खड्काले नकारात्मक र भ्रमपूर्ण प्रचारले समाजमा नकारात्मक रुपमा प्रभाव पारेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .