ad ad

राजनीति


गणतन्त्र खराब हुनै सक्दैन, हामी ढुंगे युगतिर फर्कन सक्दैनौँ : ओली

गणतन्त्र खराब हुनै सक्दैन, हामी ढुंगे युगतिर फर्कन सक्दैनौँ : ओली

नेपालखबर
मंसिर ९, २०८० शनिबार १९:५, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढावा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको जिकिर समेत गरे। 

नेपाल संवत् ११४४ को अवसर पारेर शनिबार काठमाडौँको वसन्तुपर डबलीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले गल्ती गर्दैमा गणतन्त्र र लोकतन्त्र खराव भन्ने हुनै नसक्ने तर्क गरे। 

गल्ती गर्नेहरू खराव भएपनि लोकतन्त्र र गणतन्त्र खराब हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको रक्षाका लागि आफूहरूले जस्तासुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताए।

‘अहिलेको सरकारले राम्रो काम गर्न सकेको छैन। राजनीति अस्थिर बनाएको छ। राजनीति अराजक बनाएको छ। अराजकतालाई नियन्त्रण गर्ने होइन, प्रोत्साहित गरिराखेको छ। समाजमा सुशासन छैन। गुण्डाहरूलाई कारबाही गर्ने, गिरफ्तार गर्ने होइन। गुण्डालाई प्रहरीले गिरफ्तार ग¥यो भने सरकारले छोडन लगाउँछ, राष्ट्रपतिले माफी दिन्छन् गुण्डाहरू छानीछानी। यो सुशासन भएन,’ उनले भने, ‘अर्थतन्त्र ध्वस्त बनाएको छ। तस्करी बढेको बढ्यै छ। ३५ क्वीन्टल सुन त अस्तीनै आएको हामीले देख्यौं। जसमध्ये १ क्विन्टल पक्राउ प¥यो। अहिले ६० केजीमा झरेको छ। साढे नौं केजी सुन पक्राउ पर्‍यो। अहिले त्यो २ केजी मात्रै छ। यो कुशासनको चर्चा गरी साध्य छैन। तर यसको अर्थ लोकतन्त्र खराव भन्ने हुन सक्दैन। गणतन्त्र खराब भन्ने हुन सक्दैन। यसको अर्थ जसले गल्ती गरेको छ, त्यो खराब होला। त्यसबाट हामी ढुंगे युगतिर फर्कन सक्दैनौं।’

अध्यक्ष ओलीले जातको नाममा मुलुकमा द्वन्द्व भड्काउने प्रयास भईरहेको दाबी गर्दै सचेत रहन पनि सबैमा आग्रह समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .