झापाको इकम कलेजले पूर्वराजा ज्ञानेन्द्र शाहको नाम अगाडि शिलालेखमा उल्लेख ‘श्री ५ महाराजाधिराज’ शब्द हटाएको छ।
पृथ्वीनारायण शाहको सालिक अनावरण र कलेजको उद्घाटनको शिलालेखमा श्री ५ महाराजाधिराज उल्लेख भएपछि विवाद भएको थियो। विवादपछि आइतबार कलेज प्रशासनले उक्त शब्द हटाइसकेको जिल्ला प्रशासन कार्यालय झापाका एक अधिकारीले जानकारी दिए।
बिर्तामोड १ स्थित कलेजमा निर्मित शालिकको पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार अनावरण गरेका थिए।
इकम कलेजको शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ लेखिएको थियो। कलेजले भने ज्ञानेन्द्रको सचिवालयबाटै प्राप्त भाषा शिलालेखमा उल्लेख भएको र विरोधपछि सच्याइएको जवाफ दिएको छ।
ज्ञानेन्द्रको सचिवालयले भने अहिले पनि श्री ५ महाराजाधिराज सम्बोधन गर्दै आएको छ।
1.3k
Shares
प्रतिक्रिया