ad ad

राजनीति


ताप्लेजुङमा योगेश भट्टराई सवार गाडीमा ढुंगा हान्नेलाई कारबाही गर्न एमालेको माग

ताप्लेजुङमा योगेश भट्टराई सवार गाडीमा ढुंगा हान्नेलाई कारबाही गर्न एमालेको माग

ढुंगा प्रहारले सिसा फुटेको गाडी र योगेश भट्टराईको फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०८० सोमबार ८:२१, काठमाडौँ

नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीले पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई सवार गाडीमा गरिएको ढुंगामुढाको निन्दा गर्दै संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

आइतबार गृहजिल्ला ताप्लेजुङमा आयोजित विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सकेर काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको सदरमुकाम फुङलिङको बसपार्कनजिकै भट्टराई सवार गाडीमा एक समूहले ढुंगामुढा गरेको थियो। 

एमाले ताप्लेजुङ जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले जारी गरेको विज्ञप्तिमा आतंकित, अवान्छित र अमर्यादित क्रियाकलाप गर्ने अराजक समूहलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कानुनी कारबाही गर्न नेपाल सरकार, स्थानीय प्रशासनसमक्ष माग गरिएको छ।

‘...कथित पहिचानवादीको नाममा वीरेन्द्रचोक र तोक्मे डाँडामा लुकीछिपी ढुंगामुढा गरी अराजक गतिविधि गर्दै हाम्रो पार्टीको नेता कार्याकर्तामाथि समेत हातपात गरी अवाञ्छित गतिविधि गरेको र माननीय सवार सवारीसाधन र मोटरसाइकलमा समेत तोडफोड गरी क्षति गरेकोप्रति नेकपा एमाले घोर भत्सर्ना गर्दछ’, विज्ञप्ति भनिएको छ, ‘कानुनी राज्यमा शान्तिपूर्ण रूपमा विरोध र समर्थन गर्ने अधिकार सबैमा रहेको र कानुनभन्दा बाहिर गएर ताप्लेजुङ जिल्लामा पार्टीका नेता कार्यकर्ता तथा माननीयहरू माथि केन्द्रित यस्तो आतंकित, अवाञ्छित र अमर्यादित क्रियाकलाप गर्ने अराजक समूहलाई तत्काल नियन्त्रण गरी कडाभन्दा कडा कानुनी कारबाही गरी जिल्लावासीमा शान्ति शुरक्षाको प्रत्याभूति गर्नको लागि नेपाल सरकार, स्थानीय प्रशासनसमक्ष अविलम्ब कारबाहीको माग गर्दछ।’

हेर्नुहोस् विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .