नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गणतन्त्र फाल्छु भनेर भन्न पाउने अधिकार हरेक नागरिकमा रहेको बबताएका छन्। सोमबार नवलपुरको दलदलेस्थित देवचुलमा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्।
‘यो व्यवस्था फाल्छु भनेर बकाइदा भन्न पाइन्छ। काठमाडौंमा यो व्यवस्था फाल्छु भनेर केही मान्छेहरू जम्मा भए। कोही पार्टी प्यालेसमा गएर बसेका थिए,’ थापाले भने।
साथै, उनले प्रदर्शनका लागि काठमाडौंमा आएका महिलालाई लखेट्ने को हो? भन्दै प्रश्न समेत गरे।
उनको प्रश्न थियो, ‘ती मान्छेहरूलाई लखट्नेहरू को हुन? उनीहरूले काठमाडौंमा गएर गणतन्त्र फाल्छु भन्ने हक अधिकार राख्दछन्। त्यसको रक्षा गर्ने काम राज्यको होइन?’
96
Shares
प्रतिक्रिया