ad ad

राजनीति


सुकुम्वासी समस्या हल गर्न एक हप्ताभित्र ऐन संशोधन हुन्छ : प्रधानमन्त्री

सुकुम्वासी समस्या हल गर्न एक हप्ताभित्र ऐन संशोधन हुन्छ : प्रधानमन्त्री

नेपालखबर
मंसिर ११, २०८० सोमबार १७:२७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्वासी समस्या हल गर्नका लागि एक हप्ताभित्र ऐन संशोधन गर्ने बताएका छन्।

सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वेबसाइट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।

उनले एक हप्ताभित्र सुकुम्वासी समस्या हल गर्नेगरी पुराना ऐनहरु संशोधन गर्ने निर्णय गरिएको बताए। उनले सुकुम्वासी स्ववासी, अव्यवस्थित बसोवासी र उनीहरुको समस्या हल गर्न ऐन नै संशोधन गर्ने बताए।

उनले भने, ‘हिजो एउटा ठूलो कुरा गरिएको छ। १ हप्ताभित्र सुकुम्वासी समस्या हल गर्नको लागि ऐन संशोधन गर्ने निर्णय गरिएको छ। हेर्नुहोला गरिन्छ। सुकुम्वासी स्ववासी,अव्यवस्थित बसोवासी, उनीहरुको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ।’

उनले वनले गर्दा विकास सबै रोकिने स्थिति बनेको उल्लेख गर्दै पुराना ऐनहरु संशोधन गर्नुपनि बताए। उनले वन ऐन संशोधनपछि एउटा ठूलो क्रान्ति हुने विश्वास व्यक्त गरे।

‘हाम्रा ऐन कस्ता खालका छन्। विकास, निर्माण, जनता भन्दा पनि अरु नै केही कुरालाई महत्व दिनेछन्। त्यसलाई बदल्ने भनेर हामीले निर्णय गरेका छौँ’ उनले भने, ‘त्यो ऐन संशोधन पछि लालपूर्जा वितरण गर्ने काम वा वनले रोकेका विकास निर्माणका काम सबै खुल्छन्। त्यो खुल्ने बित्तिकै एउटा ठूलो क्रान्ति हुन्छ भन्ने मेरो विश्वास छ। तर यसको निम्ति सबैले आफ्नो ठाउँबाट वातावरण बनाउनुपर्छ।’

प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट अहिलेसम्म राम्रा कामहरु भएको बताउँदै अझै राम्रा कामका लागि प्रयास गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .