प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
सो अवसरमा उनीहरूबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो।
सो क्रममा अध्यक्ष ओलीले पुनःनिर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंसिर ६ गते सो भवनको उद्घाटन गरेका थिए। क्षति भएको संरचनालाई ‘रेट्रो फिटिङ’ गरेर पुरानै अवस्थामा फर्काएपछि ओली त्यहाँ पहिलोपटक पुगेका हुन्।
ओलीलाई प्रधानमन्त्री प्रचण्डले कार्यालयका सबै कक्ष घुमाए।
सिंदरबारमा दुई नेताबीचको छलफल सुरु हुनुअघि प्रचण्डले ओलीलाई भवनको अवलोकन गराएका हुन्।
Shares
प्रतिक्रिया