नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परियारले दलित आयोग तथा कोटा खारेज भएको दिन हेर्न चाहेको बताएका छन्।
राष्ट्रिय दलित आयोगको पाँच वर्षे रणनीतिक योजनाको मस्यौदाबारे मंगलबार भक्तपुरका घ्याम्पेडाँडामा सुरु छलफल कार्यक्रममा सांसद परियारले छुवाछूत अन्त्यका लागि समय तोकेर योजना बनाउन आयोगलाई सुझाव दिएका हुन्।
‘अब कति वर्षसम्म छुवाछूत राखिरहने यो देशमा? कम्तीमा हामी एउटा प्लान त गरौँ न। १० वर्ष हो कि, १५ वर्ष हो कि? २० वर्ष हो कि? ५० वर्ष लाग्छ कि? कम्तीमा एउटा प्लान त गरौँ’, उनले भने, ‘यति वर्षभित्र छुवाछूत अन्त्य गर्ने। (दलित) आयोग पनि खारेज गर्ने। हाम्रा भ्रातृ संगठन पनि खारेज गर्ने। हाम्रो दलित कोटा पनि खारेज गर्ने। त्यस्तो दिन आओस् न। हामी पनि प्रतिस्पर्धा गरेर पार्टीको महामन्त्री हुन पाऊँ। सभापति हुन पाऊँ। किन नहुने हामी पनि? तर त्यो छुवाछूत अन्त्य हुन पर्यो। यो देशबाट छुवाछूत अन्त्य भएपछि मात्रै हामीले सोचेजस्तो समानताको लडाइँ लड्न सक्छौँ हामी। त्यसैले यो अन्त्यको समय तोकौँ भन्ने मेरो आग्रह हो।’
मंगलबार र बुधबार २ दिन चल्ने कार्यक्रमले दलित आयोगको आगामी ५ वर्षसम्मको व्यवस्थित योजना निर्माण गर्ने आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिए।
कार्यक्रममा दलित क्षेत्रका विज्ञ, दलित अधिकारकर्मी, दलित समुदायका अधिवक्ता, बुद्धिजीवी, पत्रकार सहभागी छन्।
Shares
प्रतिक्रिया