मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ।
मंगलबार बस्नुपर्ने नियमित बैठक आज (बुधबार) बसेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालखबरलाई जानकारी दिए।
आज प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री दुबई प्रस्थान गर्नुअघि मन्त्रिपरिषद् बैठक बसेको हो।
प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे नौ बजे नेपाल एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री प्रचण्ड दुबई जाने कार्यक्रम छ।
21
Shares
प्रतिक्रिया