राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिसन ८४ को नारा फेरिनसक्ने बताएका छन्।
सत्ताधारी दलले समेत आफूहरूकै नारा नक्कल गरेकाले यो नारा फेर्नुपर्ने स्थिति आउन सक्ने उनले उल्लेख गरेका छन्।
सोमबारदेखि बुधबारसम्म महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै उक्त कुरा उल्लेख गरेका हुन्।
‘यही बेथितिको निरन्तरता अर्को ४ वर्ष मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला? पुराना दलहरू आफू आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन्। वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ। व्यवस्था संकटमा परे जोगाउने जनता छन्’, रविले प्रतिवेदनमा भनेका छन्, ‘साथीहरू, त्यसैले मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ। पार्टीको सबै संरचना लाई स्ट्यान्डबाई’ रहन निर्देशन दिन्छु।’
हेर्नुहोस् राजनीतिक प्रतिवेदनको पूर्णपाठ–
Shares
प्रतिक्रिया