ad ad

राजनीति


राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १४:१९, काठमाडौँ

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगबाट स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भै मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ। राजनीतिक दल दर्ता भए पश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरिनेछ भने पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइनेछ।

यस्तै, पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ। पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।

माघ ११ गते विहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म मतदानको कार्य सञ्चालन हुनेछ।

राष्ट्रिय सभा चुनावः एमालेबाट रिक्त हुने ८ सिट गठबन्धनले यसरी गर्दैछ भागबन्डा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .