राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेकै व्यवस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने बताएका छन्।
उनले देश बचाउन र बनाउन राजसंस्था, हिन्दुराष्ट्र पक्षधर र संघीयता नचाहनेबीच तत्काल मोर्चा निर्माण गरी नयाँ जनआन्दोलनमा जान जरुरी भएको आवश्यकता औँल्याए ।
थापाले संवैधानिक अङ्ग, न्यायालय, प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमायर सर्वसत्तावाद लाद्ने दुष्प्रयास भैरहेको भन्दै त्यसको प्रतिबाद हुनुपर्नेमा जोड दिए।
असक्षम, असफल र अदुररदर्शीहरुले मुलुकमा ब्रम्हलुट गरिरहेको भन्दै थापाले मुलुकको स्वाधिनको रक्षाको निमित्त एकपटक सबै सडकमा आउनु पर्ने समय आएको समेत दाबी गरे। उनले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे।
राप्रपा नेपाल काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेताहरु जयकुमार खड्का, तारानाथ लुईटेल, इन्द्र चित्रकार, राजाराम बर्तौला, श्याम घिमिरे लगायतले संगठन सुदृढीकरण र आन्दोलनको तयारी बारे बोलेका थिए।
Shares
प्रतिक्रिया