ad ad

राजनीति


नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो : मन्त्री लिम्बू

नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो : मन्त्री लिम्बू

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १७:१८, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढिरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै उनले विदेशी शक्तिका कारण देशमा अस्थिरता भएको बताए। उनले राजनीतिक क्षेत्र अस्थिर हुँदा देशमा विकास हुन नसक्ने पनि बताए। 

राजनीति किन गर्ने? के पाइन्छ? भन्ने खालको प्रश्न युवाहरुले गर्ने गरेको भन्दै अब राम्रोका लागि दबाब सिर्जना गर्ने र राम्रोका लागि सुझाव दिनुपर्ने आवश्यकता रहेको बताए। उनले अबको नीति अग्रज, युवा र भावि पुस्तालाई जोड्ने गरी निर्माण हुनुपर्ने बताए।

‘अहिले नेपालको राजनीति देशी, विदेशी शक्तिले हल्लाइरहेको छ। अस्थिरता बनाइरहेको छ। जहाँ राजनीतिक क्षेत्र अस्थिर भयो भने देशमा विकास हुन सक्दैन। राजनीति किन गर्ने? के पाइन्छ? भन्ने खालको प्रश्न युवा साथीहरूले गरेको सुनिन्छ। राजनीतिले के दिन्छ? भनेर प्रश्न गरेर पछाडि लाग्ने भन्दा पनि अब राम्रो गर्नुपर्छ,’ उनले भने, ‘राम्रोका लागि दबाब सिर्जना गर्ने, राम्रोका लागि सुझाव दिनुपर्छ। राजनीति भनेको मूल नीति हो। राजनीति एउटा दर्शन हो। यसलाई राम्रोसँग अघि बढाउने कुरामा सबैले सक्रिय सहभागिता जनाउन जरुरी छ। अग्रज, अहिलेको पिढी र भविष्यका पिँढीहरूलाई जोड्ने ढंगबाट नीति निर्माण गर्नसके निश्चिय नै नेपाललाई विकासित बनाउन सक्छौँ।’

मन्त्री लिम्बूले युवाहरुले आगामी दिनलाई उज्यालो बनाउन कसरी सकिन्छ भन्नेकुरामा जोड दिँदै नैराश्यता त्यागेर अघि बढ्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .