ad ad

राजनीति


कांग्रेसका लागि मिसन ०८४ जरुरी छैन : विश्वप्रकाश

कांग्रेसका लागि मिसन ०८४ जरुरी छैन : विश्वप्रकाश

नेपालखबर
मंसिर १६, २०८० शनिबार २१:५१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका लागि मिसन २०८४ जरुरी नरहेको बताएका छन्।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन उद्घाटन सत्रलाई

सम्बोधन गर्दै उनले अहिले केही पुराना र नयाँ दलहरुले मिशन २०८४ का नाममा गरेको कार्यक्रम नेपाली कांग्रेसका लागि जरुरी नभएको बताएका हुन्।

महामन्त्री शर्माले अहिलेको अवस्थामा राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्ने बताए।

उनले हिजोको अवस्थामा मुलुको विकासका लागि राजसंस्थाले गरेका काम र अहिलेको विकासको अवस्थाका विषयमा पनि समीक्षा गरेर समाजलाई बुझाउनुपर्ने जिम्मेवारी आएको बताए।

शर्माले पार्टीलाई उत्पादनमा लगाउनुपर्ने नेताका हरेक पक्षमा साथ दिन जनसङ्गठन र पार्टीलाई क्रियाशील बनाउन आग्रह गरे।

उनले भगवान् बुद्धको आर्शिवाद भएको देशका नागरिक होऔँ भने सङ्कल्पका साथअघि बढ्न र उत्साहलाई लिएर अगाडि बढन पनि आग्रह गरे।

अब बलियो कांग्रेस बनाउन सबैको सङ्कल्प आवश्यक रहेको भन्दै देश बनाउने सङ्कल्प अब लुम्बिनीबाट सुरु गर्न आह्वान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .