ad ad

राजनीति


जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १३:१३, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। यही मङ्सिर २५ गते सोमबार बस्ने गरी जसपाले बैठक बोलाएको हो। 

आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपा केन्द्रीय प्रचार विभागले जनाएको छ।
 
बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजेदेखि सुरु हुने छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .