राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ।
बैठकले भोलि (मंसिर २४) देखि काठमाडौंमा सुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा सँगै बैठकमा प्रस्तुत हुने कार्यपत्र र प्रतिवेदनहरू परिमार्जन सहित पास गरेको छ।
पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ बारे प्रस्तुत राजनितिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने गरि अनुमोदन गरिएको बैठक पछि महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठक पर्सि पनि सञ्चालन हुनेछ भने पर्सि दिउँसो काठमाडौं उपत्यका भेला मार्फत निर्णयहरु सार्वजनिक गर्ने पार्टीले जनाएको छ।
Shares
प्रतिक्रिया