ad ad

राजनीति


राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार ८:४०, काठमाडौँ

राप्रपा नेपालको केन्द्रिय समिति बैठक आज बस्दै छ। आइतबार बिहान ११ बजेदेखि काठमाडौँमा बैठक सुरु हुने सो पार्टीले जनाएको छ। 

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिबेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सांगठानिक र आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने कार्यतालिका छ। 

पार्टी अध्यक्ष कमल थापाले ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संबैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ सम्बन्धि  राजनितिक कार्यपत्र प्रस्तुत गर्दैछन्।

त्यसैगरी महामन्त्री राजाराम बर्तौलाले संगठन विभागको प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिबेदन पेस गर्ने कार्यक्रम छ। हिजो बसेको कार्य सम्पादन समितिको बैठकले यी सबै प्रतिवेदन परिमार्जन सहित अनुमोदन गरेको थियो। 

केन्द्रीय समिती बैठकबाट छलफल पश्चात्  मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

दुई दिन सम्म संचालन हुने केन्द्रिय समिती बैठक भोलि  दिउँसो काठमाडौं उपत्यका भेला मार्फत निर्णयहरु सार्बजनिक गरेर सम्पन्न गरिने राप्रपा नेपालले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .