हरिबोल गजुरेलले दिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्।
गजुरेलले नेपालखबरसँग कुरा गर्दै प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारी त्यागेको बताएका छन्।
उनले आफू थप छलफलमा रहेको पनि बताए। तर राजीनामा दिनुपर्ने कारणबारे उनले केही खुलाएनन्।
नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए।
गजुरेल २०७८ मंसिर ४ को निर्वाचनमा सिन्धुलीबाट उम्मेदवारको दौडमा थिए। तर त्यहाँ लेखनाथ दाहाल 'राजन'लाई टिकट दिइएको थियो।
त्यसपछि उनी असन्तुष्ट थिए। असन्तुष्ट रहेका गजुरेललाई प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन्।
थप समाचार
- प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त
- प्रधानमन्त्रीले गठबन्धनभित्रको असन्तुष्टि मिलाउनु हुन्छ : हरिबोल गजुरेल (अन्तर्वार्ता)
- सिन्धुली २ मा हरिबोलको टिकट खोसियो, भने– परिवारसँग सल्लाह गरेर निर्णय लिन्छु
- हरिबोलले प्रचण्डलाई भेटेर भने– पदाधिकारी बैठक बोलाउनुस्, टिकटबारे जानकारी होस्
441
Shares
प्रतिक्रिया