ad ad

राजनीति


गंगाबारेको आरोप पुष्टि नगरे अमरेशलाई नाङ्गेझार बनाउने दीपशिखाको चेतावनी

गंगाबारेको आरोप पुष्टि नगरे अमरेशलाई नाङ्गेझार बनाउने दीपशिखाको चेतावनी

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार १७:४३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहाललाई लगाएको आरोप पुष्टि गर्न स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहलाई चुनौती दिएका छन्।

माओवादीको युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)का फ्याक्सन इन्चार्जसमेत रहेका दीपशिखाले अमरेशले गंगालाई लगाएको आरोप पुष्टि नगरेर एक सातापछि नाङ्गेझार बनाउने बताएका हुन्। 

नेपाली कांग्रेस छाडेर स्वतन्त्रबाट सांसदमा विजयी सिंहले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्ड पुत्रीसमेत रहेकी गंगाले व्यापारीहरूसँग पैसा लिएको सूची आफूसँग रहेको दाबी गरेका थिए। 

जहाँ उनले गंगाले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छन्, त्यो सबै प्रमाण आफूसँग रहेको दाबी गरेका थिए।

उनले त्यसलाई समय आएपछि जनता र मिडियामा सार्वजनिक गर्ने बताएका थिए।  सिंहले गंगालाई संगिन आरोप लगाएपछि प्रचण्डनिकट दीपशिखाले चुनौती दिएका हुन्। 

दीपशिखाले यदि एक साताभित्र उक्त आरोप पुष्टि गर्ने तथ्य सार्वजनिक नगरे नाङ्गै पारेर सडकमा दौडाउने चेतावनी अमरेशलाई दिएका छन्।

‘माननीयज्यू प्रमाणसहित हप्ता दिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईंलाई सडकमा नाङ्गै पारेर  दौडाउन पाउने कि नपाउने?’, उनले फेसबुकबाट प्रश्न गरेका छन्।

सिंहले गम्भीर आरोप लगाएपछि माओवादीको भ्रातृसंगठन वाईसीएलका अध्यक्ष सुवोध सिर्पालीले पनि उक्त कुरा पुष्टि गर्न चुनौती दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .