ad ad

राजनीति


मेलम्ची पुगेर ओलीले भने– कथा हालेर पानी काठमाडौँ पुग्दैन

मेलम्ची पुगेर ओलीले भने– कथा हालेर पानी काठमाडौँ पुग्दैन

नेपालखबर
मंसिर २४, २०८० आइतबार १९:४, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

अध्यक्ष ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भएपनि सरकारले काठमाडौँवासीका लागि सो पानीको व्यवस्थापन गर्न ढिलाई गर्न नहुने बताएका हुन्। 

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्थानै नहुने दाबी समेत गरे।

‘यस यात्राको क्रममा अहिलेसम्म लाखौं जनताको सहभागिता, आत्मियता, माया, स्नेह, सम्मान हामीले प्राप्त ग¥यौं। मैले मालाहरू हेरेँ। म यहाँहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु। यस ठाउँको विकास, निर्माणको कुरा हामीलाई थाहा छ। मेलम्ची आयोजनाको कुरा हामीलाई थाहा छ। नेकपा एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन,’ उनले भने, ‘हामी यसलाई तुरुन्तै सफा गरेर हेडलाई सार्नुपर्ने सार्नुपर्‍यो, यसमा कथा हालेर हुन्छ? सार्न पर्ने हो भने सार्ने। नसार्ने हो भने त्यसलाई तयार पार्ने। मर्मत, सम्भार जे गर्नुपर्छ गर्ने। त्यस ढंगले जाने। र, जहाँ पानी पस्ने मुलगेट। त्यसलाई कतिबेर बन्द गर्ने, कतिबेर खोल्ने भन्ने कुरा पनि सञ्चालकहरूले थाहा पाउनुपर्‍यो।’

त्यस अवसरमा अध्यक्ष ओलीले जनतालाई निराश नहुन पनि आग्रह गरे। एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

‘तर खाना बनाउनेहरु, तरकारी केलाउनेहरु दाजुभाई दिदीबहिनीहरू पनि यस यात्रामा सरिक हुनुहुन्छ। दुनियाँमा यति सफलताका साथ कहीँ पनि भएको देखिँदैन। र, हाम्रो पार्टीले पनि त्यत्तिकै सफलताका साथ काम गरेको छ। म तपाईहरुलाई भन्न चाहन्छु–तपाईहरु निराश हुनुपर्दैन अहिलेको अवस्था हेरेर। यस्ता सरकारहरू आउँछन, जान्छन। गठबन्धनहरू बन्छन, भत्किन्छन। कुनै ठूलो कुरा होइन,’ ओलीले भने, ‘तर हामी हाम्रो देश बिग्रन दिँदैनौं। हाम्रो देश अहिले ओरालो लागेको छ। यसलाई रोक्छौं। र, फेरि सकारात्मक बाटोमा फर्काउँछौं। तपाईंहरू ढुक्क भएर अगाडि बढ्नु भए हुन्छ। किनभने यस देशमा नेकपा एमाले छ। समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएर हिँडेको नेकपा एमाले छ। हाँको विकास, निर्माण हामीले बुझेका छौँ।’

अध्यक्ष ओलीले पार्टीको संकल्प यात्राको क्रममा लाखौं जनताको साथ, माया र सम्मान पाएको भन्दै आभार समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .