प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रसियन सेनामा कम्तीमा पनि २ सयजना भन्दा नेपाली कार्यरत रहेको बताएका छन्।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रचण्डले यस्तो बताएका हुन्।
उनले पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा युक्रेनविरुद्ध युद्ध लडिरहेको रसियन सेनामा २ सय भन्दा धेरै नेपाली रहेको तथ्यांक पाइएको उल्लेख गरे।
‘रुसी सेनामा २ सयभन्दा बढी नेपाली कार्यत छनन् भन्ने आयो, तथ्यांक खोज्दैछु’, उनले भने, ‘युक्रेनी सेनामामा पनि नेपालीहरू कार्यरत रहेको पाइएको छ।’
उनले प्यालेस्टाइनस्थित हमास समूहको कब्जामा रहेका भनिएका विपीन जोशीलाई फिर्ता ल्याउने अन्तिम प्रयासमा सरकार रहेको पनि बताएका छन्।
84
Shares
प्रतिक्रिया