ad ad

राजनीति


नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउन हुँदैन : मन्त्री शर्मा

नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउन हुँदैन : मन्त्री शर्मा

फाइल फोटो


नेपालखबर
मंसिर २६, २०८० मंगलबार १६:६, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताएकी छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताएकी हुन्।

उनले गणतन्त्रमा कानून भन्दा माथि कोही पनि हुन नसक्ने बताइन्। उनले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताइन्।

उनले भनिन्, ‘हिजो निरंकुश राजतन्त्र थियो। तर हिजो कसैले गल्ती कमजोरी गर्दा त्यो गल्ती कमजोरी कुनै कानूनको आकर्षण बन्न सक्दैन थियो। कुनै कानून आकर्षित हुन सक्दैन थियो। उनीहरुमाथि कुनैपनि कारबाहीको कुरा हुन सक्दैन थियो।’

उनले थपिन्, ‘तर आज हामी यो परिवर्तित व्यवस्थामा छौँ। संघीय लोकतान्त्रिक गणतन्त्रमामा छौँ। त्यसकारणले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउँछ। यो व्यवस्थामा यो गणतन्त्रमा संविधान भन्दा माथि कानून भन्दा माथि निगरानी भन्दा माथि कोही पनि हुन सक्दैन। गल्ती गर्ने छुट गणतन्त्रमा छैन।’

उनले गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको बताइन्।

सञ्चारमाध्यमले सुदृढिकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउनु नहुने मन्त्री शर्माले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .