नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गरेका छन्।
‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा खोटाङ पुगेका ओलीले बुधबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ मा रहेको उक्त खानेपानी योजनाको उद्घाटन गरेका हुन्।
कुल ११ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको पहिलो स्किमको काम सकिएपछि उद्घाटन गरिएको हो।
यो आयोजनाका ४ सय २० लाभान्वित घरधुरी रहेका छन्। बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ।
9
Shares
प्रतिक्रिया