ad ad

राजनीति


संस्थापनले ‘माइनस’ गर्न खोजे शेखर समूहले राष्ट्रियसभा निर्वाचनमा नसघाउने

संस्थापनले ‘माइनस’ गर्न खोजे शेखर समूहले राष्ट्रियसभा निर्वाचनमा नसघाउने

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २७, २०८० बुधबार १५:१४, काठमाडौँ

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले आफूहरूलाई पेलेर जान खोजे आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा असहयोग गर्ने चेतावनी दिएको छ।

बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा बोल्दै नेताहरूले संस्थापनले माइनस गरेर अघि बढ्न खोजे असहयोगसम्मको विकल्पमा जानुपर्ने बताएका हुन्। 

‘सम्मानजक भागबन्डा नगरिएमा राष्ट्रियसभा निर्वाचनमा असहयोग र उम्मेदवारी नै नदिने रणनीतिसहित अघि बढ्नुपर्छ’, बैठकमा सहभागी एक नेताले भने, ‘संस्थापनले सम्मानजनक व्यवहार गर्नुपर्छ। यदि त्यसो नगरी पेलेर अघि जान खोजेमा हामी राष्ट्रियसभा निर्वाचनमा भाग लिँदैनौँ।’

उक्त बैठकमा नेताहरूले शेखर समूहका सबै नेताहरूलाई मिलेर अघि बढ्न पनि सुझाएका छन्। उनीहरूले महत्वपूर्ण निर्णय र भागबन्डा मिलाउनुअघि सामूहिक रुपमा छलफल हुनुपर्ने पनि बताएका थिए।

‘कम्तीमा हाम्रो शीर्ष नेताहरूले कुनै पनि निर्णयअघि छलफल गरुन्’, बैठकमा अर्का नेताले भने, ‘छलफल नै नगरी निर्णयमा जाँदा समूहमा विश्वास हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .