ad ad

राजनीति


शेखर र गगनलाई नेताहरूले भने : तपाईंहरूबीच दरार आउनु राम्रो होइन, मिल्नूस्

शेखर र गगनलाई नेताहरूले भने : तपाईंहरूबीच दरार आउनु राम्रो होइन, मिल्नूस्

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २७, २०८० बुधबार १५:३३, काठमाडौँ

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहका नेताहरू नेतृत्वमा विवाद देखिएको भन्दै मिलेर अघि बढ्न सुझाएका छन्। 

बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा बोलेका नेताहरूले डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच दरार आएको समाचार सुनेको भन्दै मिलेर अघि बढ्न दबाब दिएका हुन्। 

बैठकमा बोलेका नेताहरूले दुवैजनाको नाम लिएर यदि मिलेर अघि नबढेमा संस्थापनले अझै पेल्न सक्नेतर्फ सचेत गराएका थिए।

केही समययता शेखर र गगनबीच मनमुटावको समाचार सार्वजनिक भएका थिए। त्यहीकारण गगन इत्तर समूहको बैठकमै आउन आनाकानी गरेका थिउ।

तर डा. कोइरालाले उनीसँग मंगलबार तीन घण्टा लामो वार्ता गरेपछि बुधबारको बैठकमा अधिकांश नेताहरू सहभागी छन्। गगन पनि ढिलोगरी उक्त बैठकमा सहभागी भए।

बैठकका क्रममा नेताहरूले यदि मिलेर अघि नबढ्ने हो भने समस्या हुने बताएपछि डा. कोइरालाले आफूहरूबीच बाहिर आए जस्तो कुनै समस्या नभएको स्पष्टीकरण दिए।

उनले गगनसँग अहिले पनि आफू सहकार्यमा रहेको बताउँदै समय समयमा छलफल पनि गरिरहेको जवाफ दिएका थिए। गगनसँग मंगलबार पनि लामो छलफल भएको उल्लेख गरेका उनले मिलेर जाने कुरामा कुनै समस्या नरहेको भने नेताहरूलाई आश्वस्त बनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .