ad ad

राजनीति


संघ सरकारसँग ‘छिनोफानो गर्न’ सातै प्रदेशका मुख्यमन्त्री हेटौंडामा जुट्ने

संघ सरकारसँग ‘छिनोफानो गर्न’ सातै प्रदेशका मुख्यमन्त्री हेटौंडामा जुट्ने

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १४:१२, हेटाैँडा

संघले प्रदेशलाई अधिकार नदिएको विषयमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौंडामा भेला हुने भएका छन। संघीयता कार्यान्वयनका सन्दर्भमा संघ सरकारसँग छिनोफानो गर्न हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक हुने भएको हो।

आउँदो पुस १३ गते बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्रीहरूको बैठक हुने भएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताए।

गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएको भन्दै संघीयता कार्यान्वयन गराउने पहल स्वरुप मुख्यमन्त्रीहरू बैठक बस्न लागेको बताइएको छ।

संघीयता कार्यान्वयनका जटिलता फुकाउने भन्दै पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको नेतृत्वमा भएको समन्वय परिषदको बैठकले मुख्य ६ वटा निर्णय गरेको थियो।

विभिन्न समिति गठन गर्दै ६ महिनाभित्र संघीयताको गाँठो फुकाउने बैठकको निर्णय थियो। ६ महिनाको समयसीमा पुस १५ गते सकिँदै छ। त्यसको २ दिन अगाडि नै हेटौंडामा बैठक राखेर छिनोफानो गर्ने तयारी भैरहेको मुख्यमन्त्री जम्मकट्टेलले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .