परराष्ट्रमन्त्रालयकी सहसचिव सेवा लम्साल सचिव पदमा बढुवा भएकी छन्।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई सहसचिवबाट विशिष्ठ श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को यस निर्णयसँगै लम्साल परराष्ट्र मन्त्रालयको सचिव पदमा पुग्ने पहिलो महिला कर्मचारी पनि भएकी छन्।
यसअघि तत्कालीन परराष्ट्र सचिव भरतराज पौड्याल अवकाशमा गएका थिए। पौड्यालको स्थानमा अब लम्सालले परराष्ट्र सेवातर्फ उच्च पद सम्हाल्ने भएकी छन्।
114
Shares
प्रतिक्रिया