ad ad

राजनीति


सालिकसँग त्रसिएको गणतन्त्र अब एक धक्कामै ढल्छ : राजेन्द्र लिङदेन

सालिकसँग त्रसिएको गणतन्त्र अब एक धक्कामै ढल्छ : राजेन्द्र लिङदेन

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १७:२२, कञ्चनपुर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्।

गणतन्त्रले देशको समस्याको समाधान गर्न नसक्ने बताउँदै अध्यक्ष लिङ्देनले यो व्यवस्था ढल्ने दाबी गरे।

‘गणतन्त्र आवश्यक छैन। यसले देशको समस्या समाधान गर्न सक्दैन। गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको छ,’ महेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘ठूला राजनीतिक दल र विदेशी आर्शिवादले गणतन्त्र बलियो सोचेका थियौँ। हाम्रो कार्यक्रमले गणतन्त्र काम्यो। अब ढाल्न एक धक्का दिन मात्रै बाँकी छ।’

राप्रपाले जनआन्दोलनको तयारी गरिरहेको उनले बताए। आफूहरु हिंसामा विश्वास नगर्ने हुनाले आजको निषेधाज्ञा नतोडेको उनको दाबी छ।

राजा महेन्द्रको सालिक पुनःस्थापना गर्दा त्रसिएको गणतन्त्र ढल्नेमा कुनै सन्देह नरहेको उनको भनाइ छ।

‘प्रहरी र सेनाले मात्रै गणतन्त्र धान्ने भ्रममा नपर्नुस्। सालिक पुनःस्थापना गर्दा त्रसिने गणतन्त्र कति कमजोर छ भन्ने देखाएको छ,’ उनले भने, ‘गणतन्त्र ढल्नेमा कुनै सन्देह छैन। हामी जनआन्दोलनको तयारी गर्दछौँ।’

देश र जनताको परिस्थिती सुधार्न आन्दोलन नगरी नहुने भएको उनको भनाइ छ। सत्तारुढ दलहरु विगतको व्यवस्थालाई गाली गरेर आफ्नो सत्ता टिकाउन खोजिरहेको उनको टिप्पणि छ।

‘तीन दशक शासन गर्दा देश किन बनेन? देश बनाउन कस्ले रोक्यो? हिजोको व्यवस्थालाई गाली गरेर सत्ता टिकाउन खोजिरहेका छन्,’ उनले भने, ‘देश भ्रष्टको हातमा छ। ऋण लिएर कर्मचारीलाई तलब दिनु पर्ने अवस्था सिर्जना भएको छ।’

दलहरु मिसन ८४ मा लागिरहँदा आफू व्यवस्था उल्टाउने मिसनमा अघि बढेको उनको भनाइ छ। ‘मिसन ८४ होइन। मिसन आज, भोलि। यही वर्ष व्यवस्था उल्टाउने गरी हामी अगाडि बढ्छौँ,’उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .