नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको बताएका छन्।
बिहीवार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए।
अध्यक्ष ओलीले एनसेल सेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप पनि लगाए।
उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गरे। उनले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए।
ओलीले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताए। चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेर गरेर बेच्न लागेको उनको आरोप थियो। उनले नागरिकहरुले सरकारको संलग्नत छ भनेपनि सरकार बोल्न नसकेको बताए।
उनले भने, ‘हामीले चुनावमा भोट दिएर जिताइ पठाएका शासकहरु के गरिरहेका छन् अहिले। क्वीन्टलका क्वीन्टल सुन एयरपोर्टबाट भित्रिन्छ। कति किलो सुन सिग्रेट भनेर भित्रिन्छ। कति किलो दिनैपिच्छे सुनका सुन देशमा तस्करी भइरहन्छ। यस्तो कति हो कति तस्करी भइरहन्छ। सुनिन्छ अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ। यसमा सरकारको संलग्नता नहुने कुरै भएन।’
Shares
प्रतिक्रिया