नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।
शुक्रबार दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।
बैठकमा कांग्रेसको महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने पौडेलले बताए। रासस
18
Shares
प्रतिक्रिया