ad ad

राजनीति


अख्तियारले साधारण तारेखमा छाड्यो, सात महिनापछि थुनामुक्त भए बालकृष्ण खाण

अख्तियारले साधारण तारेखमा छाड्यो, सात महिनापछि थुनामुक्त भए बालकृष्ण खाण

फाइल तस्बिर


नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १७:२९, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण सात महिनापछि थुनामुक्त भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाड्ने निर्णय गरेसँगै नेता खाण सात महिनापछि थुनामुक्त भएका हुन्।

यसअघि उनलाई शुक्रबार नै सम्पत्ति शुद्धीकरण विभागमा बयान लिइएको थियो। जहाँ उनलाई १५ लाख रुपैयाँ धरौटी मागिएको थियो।

उक्त धरौटी बुझाएपछि खाणलाई टंगालस्थित अख्तियार केन्द्रीय कार्यालय लगिएको थियो। जहाँबाट उनलाई साधारण तारेखमा राख्ने निर्णय भएसँगै थुनामुक्त भएका हुन्।

भिडिओ

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ठगी गरेको अभियोग लागेर थुनामा गएका उनलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी मागेको थियो।

तर शुक्रबार सम्पत्ति शुद्धीकरणले उनीसँग १५ लाख मात्रै धरौटी मागेको हो। उच्च अदालत पाटनको बिहीबार आदेशअनुसार उनले ३० लाख धरौटी बुझाएपछि सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइएको थियो। 

सम्पत्ति शुद्धीकरणबाट निस्किएपछि खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरियो। अख्तियारले धरौटी नलिई साधारण तारेखमा मात्रै राख्ने निर्णय लिएपछि खाण केन्द्रीय कारागार सुन्धाराबाट थुनामुक्त भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .