ad ad

राजनीति


रथी अशोक राज सिग्देल र उपरथी सन्तोष वल्लभ पौडेललाई दर्ज्यानी चिह्न प्रदान

रथी अशोक राज सिग्देल र उपरथी सन्तोष वल्लभ पौडेललाई दर्ज्यानी चिह्न प्रदान

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १८:३३, काठमाडौँ

प्रधान सेनापति महारथी प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

उपरथी रहेका सिग्देल नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णय बमोजिम पदोन्नति भएका हुन्।

विसं २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मेका रथी सिग्देल, २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए।

सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बहिनीपति, पृतनापति र कमाण्ड सेनापतिका साथै प्रतिविद्रोह तथा जंगलवारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, संभाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

भारत, इन्डोनेसिया, चीन, सिंगापुर र अमेरिकामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका सिग्देलले चीनबाट एनडीसी तालिम सम्पन्न गरेका छन्। यस्तै, युगोस्लाभिया, ताजकिस्तान र लाईवेरियामा शान्ति सेनामा सहभागी भएका छन्।

आजै जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापतिले उपरथी दर्जामा पदोन्नति भएका सन्तोष वल्लभ पौडेललाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे।
रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .