ad ad

राजनीति


जनतामा राजतन्त्रप्रतिको ‘क्रेज’ देखिएन : पृथ्वीसुब्बा गुरुङ (भिडिओ)

जनतामा राजतन्त्रप्रतिको ‘क्रेज’ देखिएन : पृथ्वीसुब्बा गुरुङ (भिडिओ)

नेपालखबर
मंसिर ३०, २०८० शनिबार १५:४५, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव पृथवीसुब्बा गुरुङले राजतन्त्रको पक्षमा जनतामा कुनै क्रेज नदेखिएको दाबी गरेका छन्। पार्टीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि एमाले’ अभियानका क्रममा राजतन्त्रको पक्षमा मानिसहरू फर्किएको कुनै अवस्था नदेखिएको बताएका हुन्।

‘काठमाडौँतिर राजतन्त्रको हल्ला छ। त्यतातिर मान्छेहरू फर्किएको पनि देखिएन,’ उनले भने, ‘एमालेप्रतको क्रेज देखियो। एमाले पुरानो पार्टी हो भन्नेलाई पनि जनताको बीचमा पनि नयाँ पार्टीको कुनै क्रेज देखिएन।’

साथै, उनले एमालेलाई संघीयताविरोधी भनेर परीक्षण गर्न खोजिएको भन्दै त्यो सफल हुन नपाएको पनि बताएका छन्। 

‘एमाले संघीयताविरोधी भनेर जुन परीक्षण गर्न खोजेकाmे थियो त्यो पनि सफल हुन पाएन,’ गुरुङले भने, ‘एमालेप्रति जनताको साथ सहयोग माया ममता उही अवस्थामा देखियो। नघटेको। बढ्दै आएको देख्यौँ।’

भिडिओः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .