ad ad

राजनीति


मध्यपहाडी लोकमार्ग निर्माणमा सरकारले हेलचेक्राँई गरेको छ : सुरेन्द्र पाण्डे

मध्यपहाडी लोकमार्ग निर्माणमा सरकारले हेलचेक्राँई गरेको छ : सुरेन्द्र पाण्डे

नेपालखबर
मंसिर ३०, २०८० शनिबार १७:५५, काठमाडौँ

नेकपा एमालेका सचिव सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणका लागि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उल्लेख गरे। उनले मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको पनि बताए। 

उनले सरकारले  हेलचेक्राँई अन्त्य गरी तत्काल लोकमार्गका लागि बजेट विनियोजन गर्नुपर्ने बताए। उनले एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएको बताए। यात्रामा पार्टीका कार्यकर्ता भन्दा नागरिकहरू स्वागतका लागि आएको भन्दै उनले नागरिकको विश्वासलाई पार्टीले राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्ने बताए। 

‘मध्यपहाड नेपालको एकता र राष्ट्रिय समृद्धिको मुख्य क्षेत्र बन्दैछ। विभिन्न विशेषतासहित मध्यपहाडी क्षेत्र उठ्ने कोशिस गरिरहेको छ, यो सकारात्मक कुरा हो। तर पछिल्लो समय जसरी मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट हाल्ने र छिटो सम्पन्न गर्ने र यहाँका मानिसको जीवनस्तर उठाउन गर्नुपर्ने प्रयासमा जुन किसिमको ध्यान दिनुपर्ने हो त्यो दिइरहेको पाइएको छैन,’ उनले भने, ‘केही ठाउँमा त बजेट नै यसवर्ष तोकिएको पैसा नै खर्च गर्न निकासा भइरहेको छैन भन्नेकुरा छन्। सरकारले यसलाई, यो हेलचेक्राँईलाई अन्त्य गरी तुरुन्तै यो बाटो सम्पन्न गर्न पैसा निकासा गर्नुपर्छ। पश्चिमदेखि पूर्वसम्म पुग्दा एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएँ। अहिले जनताहरु धेरै स्वागतका लागि आएको पायौँ।’

उनले मध्यपहाडबाट भइरहेको बसाईंसराई ठूलो चुनौती रहेको र यसको समाधानका लागि स्थानीय विकासमा केन्द्रित हुन आवश्यक रहेको बताए। मध्यपहाडको भौगोलिक अवस्थाजन्य ढंगले बस्ती विकास गर्ने, शहर बढाउने, उत्पादनलाई बढाउने र औद्योगिकीकरणको आधारशीला निर्माण गर्नसके मध्यपहाड सोचेको जस्तै शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गरे।

‘पार्टीले राजनीतिक रुपमा, सकारात्मक रुपमा त्यो विश्वासलाई राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्छ। मध्यपहाडबाट भइरहेको बसाईंसराई ठूलो चुनौती छ। बसाईंसराई रोक्न र यहाँकै विकासमा केन्द्रित हुन मध्यपहाडको भौगोलिक अवस्थाजन्य ढंगले विभिन्न विकास गर्नुपर्छ। बस्ती विकास, शहर, उत्पादनलाई बढाउने र औद्योगिकीकरणको आधारशीला निर्माण गर्नसके मध्यपहाड सोचेको जस्तै शिक्षा र स्वास्थ्यको हब बन्नसक्छ। ग्रामिण रोजगारी बढाउनुपर्छ, जसले यहाँको बसाईंसराई रोकिन्छ। सरकार र नेकपा एमालेले यसमा बढी ध्यान दिनुपर्छ।’

सचिव पाण्डेले वर्तमानका समस्या समाधान गर्न नसक्ने पार्टी बुढो हुने बताए। पार्टीको स्थापना मितिले पार्टी बुढो नहुने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .