ad ad

राजनीति


डा. गोविन्द केसीबारे भीम रावलको टिप्पणी : देशभित्रै स्वास्थ्यकर्मी उत्पादनमा बाधा गर्दैछन्

डा. गोविन्द केसीबारे भीम रावलको टिप्पणी : देशभित्रै स्वास्थ्यकर्मी उत्पादनमा बाधा गर्दैछन्

फाइल तस्बिर


नेपालखबर
पुस १, २०८० आइतबार १६:२३, काठमाडौँ

नेकपा एमालेका नेता डा. भीम रावलले चिकित्सा सुधार अभियन्ता डा. गोविन्द केसीको काम देश र जनताको विपक्षमा रहेको बताएका छन्।

केसी स्वास्थ्य क्षेत्र बिगार्न उद्यत रहेको बताउँदै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले त्यसको सर्वत्र विरोधको लागि आह्वान गरेका छन्।

पछिल्लो समय सुदूरपश्चिमस्थित गेट मेडिकल विश्वविद्यालय बन्न नदिन अनशन बस्न पुगेका डा. केसीको विरोधमा रावल बोलेका हुन्। 

‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न। सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ। देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ’, डा. रावलले सामाजिक सञ्जाल एक्समा भनेका छन्।

शुक्रबार गेटा मेडिकल कलेज परिसरमा अनशन बस्ने पुगेका केसीलाई स्थानीयले अवरोध गर्दै फिर्ता पठाएका थिए।

अहिले उनी धनगढीको लक्ष्मीनारायण मन्दिर परिसरमा अनशन बसेका छन्। सुदूरपश्चिममा उनको विरोधमा प्रदर्शन भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .